Public Pana
प्रदीप गिरिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा दीप प्रज्वलन

नेपाली काँग्रेसका नेता प्रदिप गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना  गरिएको छ। काँग्रेस बागमती प्रदेशले शनिबार साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा गिरिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन एवं प्रार्थना कार्यक्रम गरेको हो ।

नेता गिरीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कार्यक्रममा सहभागितालाई धन्यवाद दिएका थिए । बानियाँले भने, 'हाम्रो श्रद्धेय नेता प्रदीप गिरि दाइको शिघ्र स्वास्थ्यलाभको कामना लागि हामीले दीप प्रज्वलन गरौं । उहाँको शिघ्र स्वास्थ्यलाभको लागि भगवानसँग प्रार्थना गर्छौं ।'

गिरिको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि आफूहरु प्रार्थनाका लागि पशुपतिनाथको मन्दिरमा आएको बानियाँले बताए ।  काँग्रेसका नेता तथा समाजवादी चिन्तक गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार उपचार भइरहेको छ । 

गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि  नेपाल फर्किएका थिए।  घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update