Public Pana
अभिनेता आदित्यका रुमवाट ‘शंकास्पद औषधी’ भेटियो, छानविन हुदैँछः मुम्बई प्रहरी

 बलिउड अभिनेता तथा माेडल आदित्य सिंह राजपुतको पोस्टमार्टम सम्पन्न भएको छ ।
 
पोष्टमार्टममा संलग्न डाक्टरले उनको मृत्युको कारण देखाउने रिपोर्ट भने अझै गोप्य राखेका छन, उनले त्यो रिर्पोट सार्वजनिक गर्न तत्कालका लागि अस्विकार गरेका छन् । 
 
तर, मृतक राजपुतको भिसेराको नमूना फरेन्सिक परीक्षणका लागि पठाइएको छ । 
 
उनको निवासबाट केही औषधि पनि बरामद भएको छ,  जसलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 
 
पोष्टमार्टम सम्पन्न भएसँगै अभिनेता राजपुतको  शव उनको परिवारलाई हस्तान्तरण गरिएको छ । 
 
उनको ओशिवारा श्मशान स्थलमा उनको अन्तिम संस्कार गरिएको मुम्बई पुलिसले जनाएको छ । 
 
उनका साथीहरुले उनलाई मे २१ मा मृत अवस्थामा उनको अपार्टमेन्टमा भेटेका थिए । त्यसपछि बिभिन्न अडकालबाजीका बिचमा उनको मृत्यु शंकास्पद मान्दै आईएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update