Public Pana
सरकारी वकिलको कार्यालयले आज मुद्धा दर्ता गराउने

 नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा आज अदालतमा दर्ता गरिदैँछ ।
 
मंगलवार नै मुद्धा दर्ता गराउने तयारी गरिएको भए पनि सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोजनको काम नसकिएको भन्दै आज मात्रै काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गराउन लागेको हो । 
 
जिल्ला प्रहरी परिसर काठमाडौंले सो प्रकरण माथीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई सोमवार नै बुझाइसकेकाे छ । तर, सो अनुसन्धान प्रतिवेदन माथीको अभियोजनका काममा दुई दिन लागेपछि आज बुधवार मुद्धा दर्ता गराउन लागिएको सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

प्रहरीले प्रतिवेदन बुझाउँदा विशेष गरी तीन वटा कसुरमा मुद्दा लग्नु पर्ने सुझाव सरकारी वकिलको कार्यालयलाई दिइ सकेको छ । ठगी, संगठित अपराध र राज्य विरूद्धको कसूरमा हाललाई १६ जनालाई मुद्दा लगाउन प्रस्ताव गरिएको प्रहरी प्रतिवेदनकाे पुर्ण अध्ययन गरेर मात्रै बुधवार सरकारी वकिलको कार्यालयले मुद्धा दर्ता गराउन लागेको हो ।
 
साथै,  सो प्रकरणमा १२ जनाभन्दा बढी फरार रहेको जनाउँदै उनीहरुलाई जतिसुकै बेला पनि पक्राउ गर्ने गरी प्रहरीले बुझाएको प्रतिवेदनमा टेकेर सरकारी वकिलको कार्यालयले आज मुद्धा दर्ता गराउन लागेको हो ।
 
सो प्रकरणमा हालसम्म पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायतका ‘भिआइपी’ सहित १६ जनालाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको छ ।
 
पुर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालगायत १२ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update