Public Pana
मोरङमा १२ वर्षीया बालिका बलात्कृत


मोरङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३, खोरियाटोल बस्ने २० वर्षीय नवीन महरा रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
महराले ती बालिकालाई आफ्नै घरको कोठाभित्र लगेर बलात्कार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update