Public Pana
संघीय संसदको संयुक्त बैठक बुधबारका लागि आह्वान


बुधबारका लागि संघीय संसदको संयुक्त बैठक आह्वान भएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले सूचना निकालेर संघीय संसदको संयुक्त बैठक आह्वान भएको जानकारी दिए ।
सूचना अनुसार बुधबार दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । बैठकमा संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update