Public Pana
विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ ।

आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने  एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक तालिकाअनुसार समूह ए मा रहेको नेपालले पहिलो खेल घरेलु टोली जिम्बाबेसँग १८ जुनमा  खेल्नेछ । 

नेपालले २० जुनमा अमेरिकासँग, २२ जुनमा वेस्ट इन्डिजसँग र २४ जुनमा नेदरल्यान्ड्ससँग समूह चरणको खेल खेल्नेछ । 

प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार नेपाल रहेको समूह ए मा वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् भने समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update