Public Pana
सफा हिमाल अभियानका सरदार शेर्पाको निधन, थप दुईको पनि निधन

काठमाडौं, ९ जेठ । सफा हिमाल अभियानकर्ता आङकाजी शेर्पासहित तीन आरोहीको दुःखद निधन भएको छ । 

सफा हिमाल अभियान– २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमवार दुःखद निधन भएको हो । उनी बिगत तीन वर्षदेखि सफा हिमाल अभियानमा नेतृत्वदायी भुमिकामा थिए । 

ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प–२ मा क्याम्प म्यानेजरको भुमिकामा रहदैँ गर्दा उनी अचेत हुन पुगेका थिए । सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दैगर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमवार निधन हुन पुगेको नेपाली सेनाले जनाएको छ ।
 
उनको पार्थिव शरिरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइ पोष्टमार्टम गरी परिवारजनलाई बुझाईएको छ ।
 
उनीसहित निधन भएका थप दुई शेर्पाको पार्थिब शरिर पनि परिवारजनलाई बुझाईएको छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update