Public Pana
सुख्खा पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ । सोमबार दिउँसोदेखि अवरुद्ध भएको यातायात पहिरो पन्छाइएसँगै सुरु भएको हो ।
सुख्खा पहिरो खसेका कारण सोमबार दिउँसो साढे दुई बजेबाट नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको थियो ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update