Public Pana
३२ जनाविरुद्ध मुद्धा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझायो

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ । 

सो प्रकरणमा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीले ३२ जनाविरुद्ध संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष सिफारिस गर्दै अध्ययन प्रतिवेदन बुझाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार १६ जना पक्राउ परे पनि १६ जना नै फरार रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update