Public Pana
निमाविको शिक्षक सरुवाको बिषयमा विवाद हुँदा बिद्यालयमा १० सेल अश्रुग्यास प्रहार

सप्तरीको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सुवर्ण-४, हर्दियामा शिक्षक सरुवाकाे विषयमा विद्यार्थी आन्दोलित हुँदा १० सेल अश्रुग्यास प्रहार भएकाे छ ।

विज्ञान र अंग्रेजी पढाउने शिक्षक सरुवा विषयमा विवाद हुँदा बिहानै पालिका कार्यालय पुगेका विद्यार्थीले तोडफोडसँगै आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेकाे हाे ।

आक्राेशित समूहले ताेडफाेड,आगजनीसँगै १० वटा माेटरसाइकल ताेडफाेड गरेका छन् । स्थिति  अझै तनाव ग्रस्त रहेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update