Public Pana
शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ

 शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन् । 
 
जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 
 
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 
 
यसैगरी, च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक अापसमा भिडने छन् । जुन खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update