Public Pana
चितवनमा करेन्ट लागेर  बाँकेका युबकको मृत्यु


चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५, शुक्रनगर स्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न विद्युतको कर्मचारीलाई सहयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समितिका कामदार बाँकेको जानकी गाउँपालिका–२ का २० वर्षीय देसराज कोरी रहेका छन् । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update