Public Pana
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज बस्दै

 राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।

जेष्ठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रिय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो ।

केन्द्रिय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र , महामन्त्रीहरु भाष्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशबराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय ,प्रशिक्षण ,संगठन र स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिबेदन माथी आजको कार्य सम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठक पुतलीसडक स्थित बज्र कम्प्लेक्समा आज दिउँसो १:३० बजे बस्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update