Public Pana
दुवै सदनको बैठक बस्दैः नीति तथा कार्यक्रममा आजदेखि धारणा राख्न सुरू गरिने

आज संघीय संसद अन्तर्गत रहेका दुवै सदनको बैठक बस्दैछ ।
 karnali sansad1672110232.jpeg
जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक पनि आजै बस्दैछ । 
 
गत शुक्रवार पुष्पकमल दाहाल प्रचण्ड सरकारले पेश गरेको सरकारका नीति तथा कार्यक्रम माथी सांसदहरुले धारणा राख्न सुरु गर्नेछन् । जसअनुसार सरकारको नीति तथा कार्यक्रम माथी १० गतेसम्म सांसदहरुले धारणा राख्ने छन् । 
 
यसैगरी, राष्ट्रियसकाका सांसदहरुले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथी धारणा राख्ने ब्यवस्था गरिएको छ । 
 
प्रतिनिधिसभा र राष्ट्रियसभाका सासदहरुले धारणा राखिसके पछि अन्तिममा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update