Public Pana
नारायणगढ–मुग्लिन सडक अवरूद्ध

पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।

शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरूद्ध भउको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।

पहिरो खसेसँगै गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन्।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update