Public Pana
नागरिक उन्मुक्तिले फिर्ता गर्यो आमहड्तालका कार्यक्रम

नागरिक उन्मुक्ति पार्टीले घोषणा गरेको आमहड्ताल कार्यक्रम फिर्ता लिएको छ ।

टीकापुर घटनामा जिल्ला र उच्च अदालतको फैसलालाई नै जेठ २ मा सर्वोच अदालतले पनि सदर गरेपछि नागरिक उन्मुक्तिले ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी गराएपछि नेपाल बन्दको कार्यक्रम फिर्ता लिइएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फौजदारी विधेयक संसद्मा टेबुल भइसकेको र कानून संशोधन गरेर भए पनि अन्य राजबन्दीको रिहाइ गर्ने प्रतिबद्धता जनाएकाले नेपाल बन्द फिर्ता लिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update