Public Pana
राष्ट्रपतिको सवारीका क्रममा सर्वसाधरणको आवागमनमा अवरोध नहुने

राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि जाँदा- फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने भएको छ।

आफ्नो संसद भवन आउँदा जाँदा सर्वसाधरण नागरिकलाई कष्ट हुने गरी सडक खाली नगर्न निर्देशन  दिएका हुन ।

राष्ट्रपतिको निर्देशनपछि सुरक्षा खटिने नेपाली सेनाले सर्वासारणको आवागनसँगै राष्ट्रपतिको सवारीलाई सुरक्षा दिएर संसद भवन पुरयाउने छ भने फर्किदा पनि उस्तै प्रोटोकल कायम गरिने उच्च सुरक्षा स्रोतले जनाएको छ ।

राष्ट्रपतिको सुरक्षा जिम्मा प्रमुख रुपमा नेपाली सेनाले व्यवस्थापन गर्छ भने अन्य सुरक्षा निकायले पनि त्यसमा सहजीकरण गर्ने  गर्दछन । 

राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। संघीय संसद् भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम प्रस्तुतका लागि शीतल निवासबाट नयाँ बानेश्वर जाँदा-फर्किँदा सर्वसाधारणको सडक आवतजावतमा रोक नलगाइने राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update