Public Pana
सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा पारित

सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

cabinet meeting 21684484567.jpg

सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि आजै राष्ट्रिय सभामा समेत त्यसवारे छलफल भएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update