Public Pana
धनगढीकी २६ बर्षिया डा. प्रशन्ना शाह मृत फेला

धनगढीमा एक डाक्टर मृत फेला परेकी छिन् । 

धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन । उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।

शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update