Public Pana
सुदुरपश्चिम सरकारले पुर्णता पाउँदै, माओवादीका तीन मन्त्रीको नाम टुंगियो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आजै सरकारले पुर्णता पाउने बताएका छन् ।

सरकारका सय दिन पुगेको उपलक्ष्यमा आयोजित  पत्रकार सम्मेलनमार्फत उनले सो जानकारी दिएका छन् । 

‘प्रदेश सरकारलाई आजै पुर्णता दिने बारेमा छलफल जारी छ, नयाँ मन्त्रीहरुले आजै सपथ लिने तयारी गरेका छौं’ उनले भने । उनका अनुसार सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर  सरकारलाई पुर्णता दिने बारेमा छलफल चलिरहेको छ । 

यसैबिच, नेकपा माओवादी केन्द्रवाट सरकारमा सहभागि हुनेको नाम टुंगिएको छ । जसअनुसार रमेश धामी र झपट साउद आज मन्त्री हुदैँछन भने गितादेवी माललाई भने राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update