Public Pana
भारतलाई एक खेल अगावै सिरिज, जिम्बावे ५ विकेटले पराजित

 भारतले दोस्रो ओडिआई खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ ।

जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको भारतले २५.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका विकेटकिपर सञ्जु स्यामसनले ३९ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए ।

ओपनर शिखर धवन २१ बलमा ४ चौकासहित ३३ रन, कप्तान लोकेश राहुल १, ईशान किशन ६ र दीपक हुडा २५ रनमा आउट भए । शुभमन गिल ३४ बलमा ६ चौकासहित ३३ रनमा आउट भए । जिम्बावेका ल्यूक जोंगवेले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि हरारे स्पोटर््स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ३८.१ ओभरमा १ सय ६१ रनमा अल आउट भयो । जिम्बावेका सेन विलियम्सले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । रयान बर्ल ४७ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका शार्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिए । पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update