Public Pana
सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभा बैठक बस्ने

 सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।
 
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गनर््ु अघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ । 
 
सो बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संसोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।
 
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली–२०७५ संसोधन मस्यौदा समितिमा राष्ट्रिय सभा सदस्यहरुको मनोनयनसहित समिति’ गठन सबन्धि प्रस्तावलाई गोपीबहादुर सार्की आछामीले प्रस्तुत गर्ने छन् । 
 
उता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सबन्धी केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०८०’ स्विकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनकुमार बस्नेतले ‘कोभिड ११९ संककट  ब्यवस्थापन बिधेयक २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसचीमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update