Public Pana
अन्तत: राष्ट्रपति पौडेलले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रमम प्रस्तुत गर्ने भएका छन । 
 
स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बिचमा अन्तत: राष्ट्रपति पौडलले आज आफै प्रस्तुत गर्ने भएका हुन ।
 
‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश नगर्ने भन्ने बाहिर कुरहरु आएका थिए तर राष्ट्रपतिले आफै प्रस्तुत गर्ने निधो भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने । उनका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न कुनै समस्या रहेको छैन । 
 
पुष्पकमल दाहाल नेतृत्वको सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हाे । 
 
प्रधानमन्त्री प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भए पछि यसअघि नै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि यसअघि नै अनुरोध गरिसकेका छन । 
 
भ्रष्टचारीलाई कारबाही गर्ने प्रमुख अजेन्डासमावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

राष्ट्रपतिले स्वास्थ्यका कारण असम्भव भएमा प्रधानमन्त्री दाहालले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यसअघि चर्चा भएको थियो । तर, राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने टुंगो भएको हो । राष्ट्रपतिमा निर्वाचित भए पछि पहिलो पटक पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन । 
 
पौडेलले २०८० साल जेठ ५ गते शुक्रबार १६:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने स‌सद सचिवालयले जनाएकाे छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update