Public Pana
सरकारको नीति तथा कार्यक्रम आज आउने

 सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
 
आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।  ।
 
पुष्पकमल दाहाल प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भएकाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि यसअघि नै अनुरोध गरेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते शुक्रबार ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने स‌सद सचिवालयले जनाएकाे छ ।
 
भ्रष्टचारीलाई कारबाही गर्ने प्रमुख अजेन्डा समावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update