Public Pana
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ


भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
सोही प्रकरणमा आज मात्रै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update