Public Pana
सत्यमोहन जोशीलाई डेंगी

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। 

विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले उनी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका हुन्

अस्पतालका अनुसार उनी चिकित्सकहरूको निरन्तर निगरानीमा छन्। 

शुक्रबार अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा पुग्दा धेरै कमजोर देखिएका र खानपिन पनि छाडेकाले त्यही टोलीले उनलाई अस्पतालको आकस्मिक कक्षमा ल्याएको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update