Public Pana
संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । 

प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ । 

तर, ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update