Public Pana
बजेट सुनिश्चितताबारे २४ घण्टा भित्र जवाफ दिन अर्थ मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोागले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बजेट व्यवस्थाबारे अर्थ मन्त्रालयलाई विवरण पेस गर्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणा भएपछि साउन १९ गतेयता रकमान्तर र स्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारे २४ घण्टाभित्र विवरण पेस गर्न निर्देशन दिएको जानकारी दिए । 

आयोगदद्वारा जारी विज्ञप्तिमा भनिए को छ, ‘‘स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायमा के कति रकम कुन–कुन योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ,  छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोग नेपाललाई प्राप्त हुने गरी विवरण पेस गर्न निर्देशन दिएको छ ।’’

  election1663924899.png

 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update