Public Pana
सुनिलको 'मोर सजना'मा विकाश र अलिशाको रोमान्स

गायक सुनिल दवाडी र गायिका अनु चौधरीको स्वर रहेको 'मोर सजना' बोलको गीतको भिडियो रिलिज भएको छ । उमेश मुस्कानको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा केशव बडुको एरेन्ज, अमित जोशी इन्डियाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । 

दुई फरक संस्कृतिका प्रेमी प्रेमीकाबीचको रमाइलो प्रेम कथामा आधारित भएर तयार भएको मोर सजनामा मोडल विकाश चौहान र अलिशा बास्तोलाको अभिनय रहेको छ ।  भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् भने छायांकन उत्सव दाहालले गरेका हुन् । 

भिडियोमा  विकाश दाहालको सम्पादन रहेको छ ।  सार्वजनिक गीत मोर सजना इञ्जिनियरिगं पेशामा आवद्ध गायक दवाडीको आफ्नै अफिसियल च्यानल सुनिल दवाडीबाट बजारमा आएको हो । सुनिलले यसअघि  ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

भिडियाे लिंक : https://youtu.be/8SJ7yLHjFcM

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update