Public Pana
प्रतिनिधिसभा बैठक बस्दै: सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

 आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
 
संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।
 
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।
 
साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
BD4CCF65-6C70-4DE4-A385-EAD445A2045C1684377812.jpeg

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update