Public Pana
राष्ट्रपतिविरुद्ध परेका रिटमाथी सर्वोच्च आज सुनुवाई हुँदै

नागरिक बिद्येयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति बिद्या भण्डारी विरुद्ध परेको रिटमाथी आज सुनुवाई हुँदैन । 

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा पाँच वटा रिट दायर भएको थियो । रिमाथीको सुनुवाईका लागी आज पेशी तोकिएको हो । 

विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३ ९४० को  उल्लंघन गरेको रिटमा उल्लेख छ।
अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल लगायतका पाँच जनाले छुट्टाछुट्टै रिट दायर गरेका हुन्।

रिटमा राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्ने परामदेश माग गरिएको  सर्वाेच्च अदालतले जनाएको छ । 
राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update