Public Pana
अष्ट्रेलियाली सहायक विदेश मन्त्रीले गरे अष्ट्रेलियामा रहने नेपालीकाे कामकाे प्रशंसा

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्स बिच भेटवार्ता भएको छ । austriliya minister pm 21684307896.jpg

सो भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । 

आज बिहान निवास बालुवाटारमा भएको भेटमा नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको प्रधानमन्त्रीले जनाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो भेटमा प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गरेका छन् । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । 

मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गरेका छन् । उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वाससमेत दिलाएका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update