Public Pana
सत्ता साझेदार दलको संयुक्त बैठक सुरु

सत्ता साझेदार दलहरुको संयुक्त बैठक सिंहदरवारमा सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रमका बारेमा सत्ता साझेदार दलसँग राय लिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक सुरु भएको हो । 

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । 

सो बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायत सत्ता साझेदार दलहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update