Public Pana
आइओसीले पठायो नयाँ मुल्य, पेट्रोलमा ९ तथा डिजेलमा ८ रुपैयाँ घटयो

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।

नेपाल आयाल निगमका अनुसार आज (१६ मे)  भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मुल्य सुची अनुसार भाउ घटेर आएको हो । 

जसअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ। 

यो मुल्यमा आधारित भएर नेपाल आयल निगमले इन्धनको मुल्य समायोजन गर्नेछ । पेट्रोल र डिजेलमा पछिल्लो पटक घटेको मुल्यले उपभोक्तालाई राहत हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update