Public Pana
आज एकैपटक संसदका १० वटा संसदीय समितिको बैठक बस्दै

आजवाट संघीय संसद अन्तर्गतकाका बिषयगत समितिहरु क्रियाशिल हुने भएका छन् ।
 
जसअनुसार संघीय संसद सचिवालयले आज १० वटै बिषयगत समितिको बैठक एकै पटक बोलाएको छ । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजे बस्नेछ ।
 
गत मंशिर ४ गते निर्वाचन सम्पन्न भए पनि अझैसम्म बिषयगत समितिका बैठक सुरु हुन सकेको छैन । अघिल्लो अधिवेसनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा बिषयगत समितिमा रहने सदस्यहरु मनोनयन भए पनि अझैसम्म बैठक बस्न भने सकेको थिएन । 
 
जेष्ठ सदस्यले अध्यक्षता गर्ने आजको बैठकले दलीय आधारमा समितिका सभापति चयनका बारेमा प्रारम्भिक छलफल गर्ने बुझिएको छ ।
 
समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले समितिका सदस्यहरूलाई स्वागत गर्ने, एक आपसमा औपचारिक रुपमा परिचय आदान प्रदान हुने र समितिमा आगमी दिनमा हुने छलफल र अजेन्डाका कार्यक्षेत्रका बारे जानकारी गराउने कार्यसूची रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । 
 
 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update