Public Pana
बैदेशिक रोजगारीमा ठगिमा संलग्न पुर्व मेयरका छोरा पक्राउ

 वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया र दक्षिण कोरिया पठाइदिने भन्दै लाखौं रकम असुल्ने पुर्व मेयरका छोरा पक्राउ परेका छन्  ।

पाँचजनालाई अस्ट्रेलिया र ११ जनालाई दक्षिण कोरिया पठाइदिने भन्दै लाखौं रकम ठगी गरेर फरार रहेका अनिल ओली पक्राउ परेका हुन । 

दमक नगरपालिका– ५ का ३५ वर्षीय ओलीले दमक नगरपालिका पूर्वमेयर रोमनाथ ओलीका छोरा हुन् ।

अस्ट्रेलिया र दक्षिण कोरिया पठाइदिने भन्दै दमक– २ बस्ने कृष्ण अधिकारीलगायतसँग ४५ लाख रुपैयाँ लिएको उजुरी पछि उनी पक्राउ पर्ने डरले फरार भएका थिए ।

जिल्ला अदालत भद्रपुरले ठगी धन्दाका आरोपी ओलीको नाममा पक्राउ पुर्जी जारी गरे पछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update