Public Pana
धादिङको गजुरीमा बाटो काट्ने क्रममा जेब्राक्रसमै सवारीले ठक्कर दिदा बिद्यार्थीको मृत्यु

गाडी चालकको गम्भीर लापर्वाहीका कारण धादिङको गजुरीमा एक जना बिद्यार्थीको मृत्यु भएको छ ।

बाटो काट्ने क्रममा जेव्राक्रसमै बसले ठक्कर दिदा गजुरी बजारस्थित आदर्श माध्यामिक बिद्यालयका एक बिद्यार्थीको मृत्यु भएको हो ।  उक्त घटनापछि अहिले गजुरी बजार तनावग्रस्त बनेको छ । 

धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् । ट्राफिक नियम अनुसार जेव्रो क्रसमा बाटो काट्नु  पैदनयात्रीका लागि सवैभन्दा सुरक्षित मानिन्छ । तर बिद्यालय क्षेत्रमा असावधानीपुर्णक सवारी चलाएका कारण बाटो काट्नलाई सुरक्षित मानिने जेव्राक्रसमा बिद्यार्थीलाई ठक्कर दिएर ज्यान लिनु चालकको गम्भीर लार्पवाही र अपराध मानिन्छ । 

बिद्यालय र स्थानियवासीले शवलाई सडकमा राखरेर प्रर्दशन गरेका छन् । अहिले पृथ्वीराजमार्ग अवरुद्ध छ । 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update