Public Pana
सांसद रायमाझी पक्राउ परेकाे जानकारी सभामुखले संसदलाई गराए जानकारी गराउने

नेपाल प्रहरीले सांसद टोपबहादुर रायमाझीलाई पक्राउ गरेको जानकारी संघीय संसद सचिवालयलाई दिएको छ ।

आइतवार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो । 

 नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् । ‘सांसद  रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद  सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भने । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो । 
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update