Public Pana
हात हल्याउँदै, हाँस्दै अदालत पसेका टोपबहादुरलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाइ थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।  

शनिवार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे प्रहरी चौकीको हिरासतवाट सोमवार जिल्ला अदालत लगिएको हो । उनी माथी थप अनुसन्धान गर्नका लागि प्रहरीले थप तीन दिनको समय माग गरेको थियो । 

प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए । उनी हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसे र म्याद थप भएपछि प्रहरीको भ्यानमा पुनः हिरासतमा फर्किएका थिए ।   

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update