Public Pana
तीन शिर्ष नेताको बाक्लो भेटघाटले संशय गरायोः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख तीन दलका शिर्ष नेताको बाक्लो भेटघाटले संशय उत्पन्न गराईरहेको जनाएको छ । 
 
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गरिरहेको बेला प्रमुख तीन दलका शिर्ष नेताको भेटघाटले संशय उत्पन्न गराईरहेको भन्दै सो कार्य रोक्नु पर्ने रास्वपाको भनाई छ ।
 
‘नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन भईरहेको बेला प्रमुख दलका नेताहरुको निरन्तर भेटघाटले संशय उत्पन्न गराएको छ,’ सो पार्टीका सांसद मनिष झाले आजको प्रतिनिधिसभा बैठकमा भने, ‘पुरै अनुसन्धान नहुदाँ अनेक खबर आएका छन, नामहरु पहिला सार्वजनिक हुने, त्यसपछि सो काण्डमा मुछिएका नेताहरुको मोवाईल फरम्याट भएका छन, प्रमाणहरु लुकाउने समय दिईएको छ, यसैले यसलाई प्याकेजमा नै हल गरी वाहिर ल्याउनु पर्छ ।’ 
 
पटके सुचना बाहिर सार्वजनिक हुदाँ सो काण्डमा संलग्न भएकाहरुलाई प्रमाण लुकाउने र गायब गराउने कार्य भईरहेको बेला प्रमुख तीन दलको भुमिका र पछिल्लो बैठकले कतै प्रमाण लुकाउनका लागि त्यस्ता गतिबिधिले मलजल त गरेको छैन ? भन्ने प्रश्न उठेको झाको भनाई छ ।  
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update