Public Pana
आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
 
प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे, वानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन् । 
 
यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए । 
 
बस्नेतको गत २०८० बैशाख २९ गते ७८ बर्षको उमेरमा निधन भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update