Public Pana
राष्ट्रपतिको कदमप्रति उपराष्ट्रपति समेत असन्तुष्ट, संविधानको दायरा बाहिर जाने छुट नभएको टिप्पणी

नागरिकता बिद्येयक प्रमाणिकरणमा राष्ट्रपतिको कदमलाई लिएर उपराष्ट्रपति नन्द किशोर पनः समेत असन्तुष्ट बनेका छन् ।

उनले घुमाउरो पारामा राष्ट्रपतिले उक्त बिद्येयक प्रमाणिकरण नगर्नु संवैधानिक जिम्मेवारीबाट बिमुख भएको भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई आफ्नो पदीय हैसियतको स्मरण समेत गर्न बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपतिको संवैधानिक कदमलाई दिएर उपराष्ट्रपतिबाट सार्वजनिक आलोचना भएको नेपालको इतिहासमा पहिलो पटक हो । 

उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको समेत बताएका छन्।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बेलुकी प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भए पनि अस्वीकार गरेकोमा आलोचना भइरहेको छ।
यसबारे उपराष्ट्रपतिले बुधबार विज्ञप्ति जारी गर्दै संविधान संरक्षकबाट संविधान पालना नभएको आवाज उठ्नु दु:खद भएको पनि बताएका छन्।

हेर्नुहोस उपराष्ट्रपति पुनले जारी गरेको बिज्ञप्ती

uparastrapati1663755588.jpg

 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update