Public Pana
राष्ट्रपतिको कदम गैरसंवैधानिक भएको सत्तारुढ दलको निष्कर्ष

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम गैरसंवैधानिक भएको निष्कर्ष निकालेको छ।

संसदको दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अस्वीकार गरेकी थिइन्।

राष्ट्रपतिले संविधानको प्रावधानअनुसार नागरिकता विधेयक पारित नगरेपछि आज बिहान सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा छलफलमा जुटेका थिए।

उक्त छलफलपछि वक्तव्य जारी गर्दै सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नु पर्ने कर्तव्यको संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको हो।

सत्ता गठबन्धनले जारी गरेको बक्तब्य यस्तो छ ।satta gathanbandan1663754655.jpg

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update