Public Pana
तीन दिनभित्र विषयगत समितिको बैठक बसी संयुक्त समिति गठन गरिने

संसदको विषयगत समितिको बैठक तीनभित्र बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले तीन दिनभित्र बैठक बस्ने र समिति गठन गर्ने निर्णय गरेको हो ।

पहिलो अधिवेशनको अन्तिम बैठकमा विषयगत समिति गठन गरे पनि बैठक बस्न सकेको थिएन । समितिको बैठक बसेपछि सभापति चयन प्रक्रिया अगाडि बढ्नेछ ।

संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन पनि तीन दिनभित्रै गर्ने निर्णय भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update