Public Pana
आफनै श्रीमतीको हत्या गर्ने शेर्पा पक्राउ

 आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 
 
आफनै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा ५५ वर्षीय निङमा शेर्पा पक्राउ परेका हुन ।
 
टोखा नगरपालिका– ८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका शेर्पालाई शनिबार राति पक्राउ गरिएको हो ।
 
मादक पदार्थ सेवन गरी एकआपसमा झै– झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

पक्राउ परेका शेर्पा माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update