Public Pana
राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सो बारे थप रणनीति बनाउने र अध्यादेश मार्फत बिद्येयकलाई अघि बढाउनेवारे  दलहरुबीच छलफल हुन लागेको कंग्रेसका एक नेताले जानकारी दिए ।

नागरिकता विधेयक अस्वीकृत भएपछि आवश्यक रणनीतिका विषयमा छलफल गर्न अहिले सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।


 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update