Public Pana
आज पनि एमालेको केन्द्रिय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने

 नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । 
 
गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो । 
 
शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल सुरु गरिएको थियो ।
 
आज बस्ने बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update