Public Pana
दुई वर्षपछि विराटनगरमा भब्य रथयात्रा

विराटनगरमा ५४औँ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ। कोभिड महामारीका कारण दुई वर्षयता रोकिएको धार्मिक राधाकृष्ण रथयात्रालाई यसपटक स्वास्थ्य मापदण्ड अपनाएर निकालिएको हो। 

हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिने गरिएको छ। जसअन्तर्गत आज अपराह्न साढे ३ बजेतिर विराटनगर–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा सुरु भएको हो।

नेपाली र भारतीय गरी लाखौंको संख्यामा भक्तजनको सहभागिता रहेको रथयात्रा ट्राफिक चोकदेखि रोडशेष हुँदै महेन्द्र चोकदेखि बरगाछी हुँदै बजार परिक्रमा गरिएको छ।

rath-5677661660998769.JPG

रथलाई तान्नका लागि नेपाल प्रहरीको तालिममा रहेका एक सय जना जवानहरू परिचालन गरिएको आयोजक राधाकृष्ण रथयात्रा मुल समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए। उनका अनुसार करिब सात किलोमिटर घुमाएर रथ पुनः राधाकृष्ण मन्दिर पुर्‍याएर समापन गरिएको छ।

समग्रमा शनिबारको रथयात्रा ९१औं संस्करणको हो। विराटनगरमा वि.स. १९८८ देखि २०२५ सालसम्म ‘खट’ यात्राको रूपमा कृष्ण जन्माष्टमी मनाउन थालिएको थियो। त्यसयता भने हरेक वर्ष रथयात्रा निकालिँदै आइएको छ। यसपटक रथसँगै खट पनि निकालिएको थियो।

rath05461660998768.JPG

विगतका दुई वर्ष भने कोभिड महामारीका कारण रथयात्रालाई विधिमा मात्र सीमित गरिएको थियो। यसपटक लाखौंको संख्यामा रहेका भक्तजनलाई आयोजकले मास्क बाँड्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको थियो। 

TRO-Kailali-Chhaliyanachd1661011206.jpg

TRO-Kailali-Chhaliyanachc1661011204.jpg

BK-Kimathanka-Shreekrishnab1661011198.jpg

MD-Morang-Radhakrishnab1661011196.jpg

MD-Morang-Radhakrishnaa1661011192.jpg

MD-Morang-Radhakrishnac1661011190.jpg

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update