Public Pana
शहिद स्मारक ए डिभिजन लिगः आज तीनवटा खेल हुदैँ

 शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुदैँछन् । 
 
गत बिहिवार एक मात्र खेल भएको ए डिभिजन लिगमा आज तीन खेल हुन लागेको हो । जसअनुसार दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 
 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लब बिच हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ भने दोस्रो खेल ६ बजेवाट सोही रंगशालामा हुनेछ । जुन खेलमा न्युरोड टिम र खुमलटार बिच प्रतिस्पर्धा गर्नेछन् ।
 
उता, एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।  
 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update