Public Pana
९ दिनदेखि अनसरत डा. केसीको अवस्था नाजुक, थप उपचारका लागि काठमाडौं ल्याउन गएको सेनाको हेलिकप्टर रित्तै फर्कियो

स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा.गोविन्द केसीलाई ल्याउन  काठमाण्डौबाट गएको हेलिकप्टर रित्तै फर्किएको छ । 
केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले सेनाको हेलिकप्टर धनगढी पठाएको थियो । केसीले राजधानी आउन नमानेपछि उक्त हेलिकप्टर रित्तै फर्किएको हो ।

सेती प्रादेशीक अस्पतालमा असनरत केसीको स्वास्थ्य अवस्था झन झन बिग्रन थालेपछि चिकित्सकहरुले तत्काल सुविधासम्पन्न अस्पतालमा केसीलाई भर्ना गर्न सुझाव दिएका छन् ।

आफ्नो माग पुरा नभएसम्म अनसरत स्थलबाट कतै नजाने अडान लिएपछि  केसीलाई राजधानी ल्याउन सरकारले गरेको प्रयास असफल भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update